पुनाराम सुनारी- पाल्पा निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उत्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गा पा प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गा पा उपाध्यक्ष रिता कुमारी अर्याल र अतिथिहरुमा प्रत्येक वडाका वडा अध्यक्ष वडा सदस्य लगायत अन्य समाजसेविहरु रहनु भएको थियो भने कार्यक्रम संचालन प्रेम वाकाबलले गर्नु भएको थियो । कार्यक्रम को स्वागत मन्तव्य धन बहादुर जर्घाले दिनु भयो, शुभकामना मन्तव्य प्रमुख अतिथि सारुले अब खेल मात्रै नभएर खेल संचालन गर्न खेल रिफ्रीको तालीमको माग गर्न पनि आग्रह गर्नु भयो । खेलको सुरुवात प्रमुख अतिथिको हातबाट भलिबल हस्तान्तरण गरेर सुरु भएको हो ।
पुरुष भलिबल तर्फ प्रत्येक वडाबाट एक/एक टिम सहभागिता भएको खेलमा प्रथम स्थान निस्दी १ बाकालाङ्ग, दोस्रो स्थान निस्दी ५ गल्धा, तेस्रो स्थान निस्दी २ सहाल्कोट त्यस्तै सन्तोन स्थान निस्दी ३ झिरुवासले हात परेको हो ।
भने महिला तर्फ ५ टिम सहभागी भएको खेलमा प्रथम स्थान निस्दी ५ गल्धा, दोस्रो स्थान निस्दी ४ मित्याल, तेस्रो स्थान निस्दी २ साहल्कोटले हात पारेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय