पाल्पा, मण्डली स्पोर्ट्स क्लब पुर्बखोला १ सिलुवाले पाँचौं मण्डली कप – २०७८ सम्पन्न गरेको छ । अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता फाइनल खेल जारी रहेता पनि समय अभावका कारण कात्तिक २७ गते सम्पन्न गर्ने गरी अाैपचारिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । प्रथम र दोस्रो खेल जारी रहेकोमा पाल्पा निस्दी र स्याङ्जा कालीगण्डकी रहेको छ भने तृतीय स्थानमा स्याङ्जा चापकोट र चौथो स्थान मा पाल्पा रम्भा गाउपालिका ले हात पारी सकेको छ ।

समापन समारोहमा पाल्पा क्षेत्र न १ का संघीय साम्सद नेकपा एमाले पोलिटव्युरो सदस्य एब लुम्बिनी प्रदेश सह इन्चार्ज दलबहादुर राना रहनु भएको हो । प्रमुख अतिथी रानाले बोल्दै मण्डली स्पोर्ट्स क्लबले आफ्नो साँस्कृतिक र धार्मिक रुपमा नामाकरण गरिएको हो ।
खेल मित्रता कायम गर्न खेलिने भएकोले युवाहरु देश र समाज बिकासका लागि एक जुट हुन अनुरोध गर्नु भएको छ ।

यो मगर समुदायको कुलको नामबाट नाम राखिएको क्लबको नाम भन्दै यस्ता क्लबहरुले एमालेको सरकार हुदाँ प्रत्येक पालिकामा एक खेल मैदान बनाउने उद्देश्य अनुसार बजेट परेको छ र पहाडी क्षेत्रमा पनि सकिन्छ भन्दै निस्दी गाउँ पालिकामा ३५ रोपनी जग्गा लिएर खेल मैदान बनेको भन्दै गाउँ पालिकाले बनाएको यो खेल मैदान काम बाँकी छ काम गर्दै जाने हो भन्दै उहाले राती को बेलाको समेत खेल खेल्न मिल्ने गरि योजना बनाउनु पर्ने बताउनु भएको छ ।

कार्यक्रम सफलताको शुभकामना प्रथम पुरस्कार दाता दिर्घायु मेडिकल हलका प्रोप्राइटर नेकपा एमाले जिल्ला कमिटी सदस्य राजु प्रसाद श्रेष्ठले व्यक्त गर्नु भएको छ । श्रेष्ठले बोल्दै सामाजिक भावनाले वतप्रोत भएको यस क्षेत्र र क्लबको सफलताको शुभकामना दिनु भएको छ ।

कार्यक्रममा राष्ट्रिय लोकदोहोरी गायक हुम गैरे , सुर्य गैरे , पाल्पा लोक आइडल धनमाया दिसुवा, तोया बिक लगायतको प्रस्तुति रहेको थियो । सिलुवाको सास्कृतिक परम्परा झल्किने पोसाक , नृत्य , र नब दुर्गा पन्चै बाजाको समुहको प्रस्तुतीकरणले कार्यक्रममा झन रौनकता छाएको थियो ।

क्लबका सदस्य नवीन आचार्यकाे स्वागतबाट सुरू भएकाे कार्यक्रममा अध्यक्षता क्लबका अध्यक्ष अनन्त श्रेष्ठले गर्नु भएको थियो भने सन्चालन कृष्ण पङ्गेनीले गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय