पुनाराम सुनारी, पाल्पा-निस्दीको मित्यालमा नेतृत्व विकास तथा पत्रकारिता सम्बन्धि ३ दिने तालिम सम्पन्न भएको छ।

निस्दी गाउँपालिकाको आयोजना तथा आदिवासी जनजाति समन्वय समितिको समन्वयमा तालिम भएको हो। समन्वय समितिका अध्यक्ष नरबहादुर सुनारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रम भएको छ। समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, उपाध्यक्ष रिता कुमारी अर्याल, प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखिराम राना, प्रशिक्षार्थी पत्रकार विष्णुदेव सोमै लगायतले बोल्नु हुँदै तालिममा सिकेको सीप व्यवहारमा लागु गरि सत्यतथ्य र निष्पक्ष समाचार लेख्न अनुरोध गर्नुभएको थियो ।
तालिममा निस्दीका सातै वडाका १६ जनाको सहभागिता रहेको थियो । तालिममा नेतृत्व विकास सँगै समाचार लेखन रेडियो कार्यक्रम एवं पत्रकारिताको विषयमा ज्ञान सीप सिकाएको थियो । तालिममा सहभागीलाई प्रमाणपत्र वितरण गरेको थियो ।
तालिमको सहजीकरण नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखिराम राना, महासंघका पूर्व अध्यक्ष एवं सामुदायिक रेडियो मदनपोखराका स्टेसन प्रबन्धक राजेश कुमार अर्याल र कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक माधव अर्यालले गर्नुभएको थियो । तालिम समापन कार्यक्रमको संचालन महिला विकास निरीक्षक सुजाता पन्थीले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय