पाल्पा पुनाराम सुनारी – जिल्ला प्रशासन कार्यालय पाल्पाले तिहार पर्वमा सकेसम्म देउसीभैलाे कार्यक्रम नगर्न आग्रह गरेकाे छ ।

काेराेना संक्रमणकाे अवस्था कायमै रहेकाले सकेसम्म देउसी भैलाे नखेल्न र खेलेको अवस्थामा स्वास्थ्य मापदण्ड अपनाएर थाेरै संख्यामा बेलुकी ७ बजेसम्म मात्र खेल्न आग्रह गरेकाे छ । प्रशासनले देउसी भैलाे खेल्न तिहारकाे सीमित दिनमा मात्र खेल्न पाइने र घरधनीकाे समेत पूर्व स्वीकृति लिनुपर्ने जनाएको छ ।
सराेकारवालासँगकाे बैंककपछि प्रशासनले जारी गरेकाे विज्ञप्तिमा तिहारकाे बेलामा जुवातास, लङगुर बुर्जा खेल्ने खेलाउने र पटका, भुइचम्पा तथा आतशबाजी गर्ने जस्ता क्रियाकलाप नगर्न आग्रह गरेकाे छ ।
पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले यस्तो कार्य गर्नेमाथि कानुनी कारबाही हुने बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय