असोज ०५ निस्दी ४ पाल्पा – नेकपा एमाले ४ नम्बर वडा कमिटी निस्दी – ४ , मित्याल पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष रनबहादुर गाहाको अध्यक्षतामा भएको अधिबेशन एउटा इतिहसिक भएको र अधिवेशनले अब अगमी दिनहरुमा सन्तविर सुनारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा रनबहादुर गाहा , सचिवमा विक्रम सारु , उपसचिवमा यम बहादुर सोमै र हुमी सरा खाम्चा र अन्यलाई सदस्यमा सर्बसहमितिद्वारा चयन गरेको छ। साथै अधिवेशनले १५ सदस्यीय सल्लाहकार कमिटी समेत गठन गरेको छ।
नवनिर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सचिवालय सदस्य देवीलाल लामिछाने , हेमबहादुर खाम्चा , निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्याल , ४ नम्बर वडा कार्यालय मित्यालका कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोती , जिल्ला आयोजक कमिटी पाल्पाका सदस्य नरबहादुर सुनारी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
वडा कमिटी अध्यक्षको संगठनिक प्रतिवेदन र सचिवले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको अधिवेशनको संचालन नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य भुवन थापाले गर्नुभएको थियो ।
भने बर्तमन वडा नं ४ पार्टी अध्यक्ष रन बहादुर गाहाले आफ्नो कार्यकल भरिको संगठनिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय