पुनाराम सुनारी असोज २६-नेपाल सरकार कृषि तथा पशु पंन्छी बिकास मन्त्रालयका योजना अनुसार नेपाललाई मासु, अण्डा र दुध मा आत्मनिर्भर गर्ने लक्ष अनुसार निस्दी गा.पा मासुमा आत्मनिर्भर भएको निस्दी पशु सेवा शाखा प्रमुख ओम बहादुर मश्राङ्गिले बताउनु भयो ।
निस्दी मै पहिलोपटक मासु मा आत्मनिर्भर बनेर सरकार को उक्त योजना अनुसार निस्दी गा पा ज्वलन्त उदाहरण बनेको छ । यस बर्ष २०७८ को वडा दशैको लागी पोखरा, चितवन, नवलपुर लगायत स्थानीय बजार रामपुरमा निस्दी बाट अधिकारिक रेकर्ड अनुसार ७८२ वटा खसी तथा बोका १९,४५१ केजी निर्यात भएको छ ।
निस्दी को आर्थिक उन्नति स्तरको लागि गा पा ले बाख्रा पालन व्यवसयलाइ अंगाल्दै आएको छ जसमा सबै भन्दा धेरै निस्दी को गल्धा बाट खसी बाख्रा को निर्यात गरेको छ ।
हाल निस्दी को वडा वडामा प्रदेश सरकारको सहयोगमा स्मार्ट बाख्रा पालन कार्यक्रम सच्चालनमा राहेको छ ।
आउने बर्षमा अझै उत्पादन बढाउने गरि निस्दी गा पा लागि परिरहेको मश्राङ्गिले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय