भदौ ११ काठमाडौँ ।
आदिबासी जनजाति आयोग तथा राष्ट्रिय दलित आयोगका प्रमुख सल्लाहकार एवं राष्ट्रिय समाजसेवी प्रा.डा जगदीश बैद्यले ऊँ वृद्धा आश्रम सानोठिमी भक्तपुरलाई करिब दुइ लाख रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ ।


आज एक कार्यक्रमका बीच समाजसेवी वैद्यले उक्त रकम वृद्धाआश्रमको ५ वटा ट्वाइलेट तथा खानपानमा खर्च हुनेगरी आश्रमका संस्थापक संरक्षक प्रा ः जगतकृष्ण श्रेष्ठलाई हस्तान्तरण गर्नु भएको हो । साथै आजै उहाँले भक्तपुरको कुशेश्वर माहादेवको गुरुकुलका निम्ती रु ११ हजार रुपैयाँ पनि सहयोग गर्नु भएको छ ।


समाजसेवामा राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा एउटा छुट्टै पहिचान बनाइसक्नु भएका प्रा डा वैद्य २०३५ साल देखि नै यस क्षेत्रमा लाग्नु भएको हो । ‘म समाजको सेवा गर्नका निम्तीनै जन्मिएको मान्छे हुँ यसले मलाई आनन्द र सन्तुष्टि दिने गर्दछ, त्यसैकारण म अनवरतरुपमा समाजसेवामा छु मलाई कुनै २ पैसाको लोभलालच छैन’ उहाँ भन्नुहुन्छ ।


साथै उहाँले आफुलाई पुरस्कार र मानसम्मानबाट आएको रकम पनि सामाजिक क्षेत्रमा नै खर्च गर्ने गरेको बताउनु भयो । मलाई जति पनि पुरस्कार र सम्मानबाट रकम प्राप्त हुन्छ त्यो सबै म सामाजिक हितमा खर्च गर्छु उहाँले भन्नु भयो ।


समाजसेवी वैद्यलाई नेपालका अधिकाशं संवैधानिक आयोग र सरकारी निकायहरुले मानार्थ सल्लाहकार पदले सम्मान पनि गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय