होम राई मगर
निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पाका शिक्षक तथा कर्मचारीहरुले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाएका छन् ।
यस अघि आफूहरुलाई खोप बाट बन्चित गराइएको र सरकार खोप उपलब्ध नगराए सम्म विद्यालय उपस्थित हुन नसकिने भन्दै आन्दोलन गरेका थिए । वडा नम्बर-४,मित्यालमा रहेको गौरीशंकर माध्यमिक विद्यालयको कक्षाकोठा भित्र सन्चालन भएको खोपमा शिक्षक तथा कर्मचारी गरि २९६ जनाले भेरेसेल खोप लगाएको स्वास्थ्य सहसंयोजक अर्जुन रानाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय