पुनाराम सुनारी असार १५- कृषि ज्ञान केन्द्र पाल्पा तथा निस्दी गा पा कृषि शाखा मित्याल पाल्पाको मुख्य आयोजनामा भएको १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव निस्दी ५ गल्धा दुङ्गानाबेशिमा सम्पन्न भएको छ । निस्दी का सबै क्षेत्र बाट उपस्थित भएको महोत्सवमा अध्यक्ष निस्दी ५ गल्धा का वडा सदस्य श्री दुर्गा बहादुर सारु र प्रमुख अतिथि निस्दी गा पा का अध्यक्ष श्री मुक्त बहादुर सारु बिशेषता अतिथि कृषि ज्ञान केन्द्र पाल्पाका प्रसारण अधिकृत श्री जेदुराम घिमिरे रहनु भएको कार्यक्रममा अतिथिहरु निस्दी गा पा का विभिन्न क्षेत्रका प्रमुख हरु रहनु भएको थियो ।
पाल्पामा यसरी नमुनाको रुप विभिन्न कार्यक्रम भाइरहेको र यो महोत्सव पनि पाल्पा भरी नै कमै मात्र हुने महोत्सव रहेको कार्यक्रमका बिशेषता अतिथि घिमिरेले बताउनु भयो । निस्दी मा कृषिका फरक फरक योजना सुन्तला पकेट क्षेत्र,अदुवा पकेट क्षेत्र,अमृसो पकेट क्षेत्र,अलैंची पकेट क्षेत्र, दालचीनी पकेट क्षेत्र, कागती पकेट क्षेत्र आदि फरक फरक पकेट क्षेत्र हरु गरेको पनि बताउनु भयो ।
निस्दी कृषि मा अझै अगाडि जाने खालको योजना बनाएको कार्यक्रम का प्रमुख अतिथी तथा निस्दी गा पा का अध्यक्ष सारुले बताउनु भयो । केही दिन अगाडि निस्दी का कृषक हरुलाइ मिनिटिलर, धानको बिउ लगायत कृषि क्षेत्र मा आकर्षण गराउन सेवा दिएको र भोलिका दिनमा अझै सेवा दिने कुरा अध्यक्ष सारुले बताउनु भयो । महोत्सव बनाउन निस्दी का हरेक क्षेत्र बाट जम्मा भएको कार्यक्रम मा सबै अतिथि हरुले शुभकामना दिनु थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय