९ असार / २०७८ बुधबार

परेवा खबर / पाल्पा – नेपाल भारत मैत्री संघ पाल्पा शाखाले निस्दीमा राहत वितरण गरेको छ। कोभीड १९ को महामारीमा हाम्रो सानो प्रयास भन्ने मुल नाराका साथ मंगलबार मित्यालका ३० घर विपन्न परिवारलाई राहत सामग्री वितरण गरेको हो।

नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण श्रेष्ठको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रममा निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले राहत सामग्री वितरण गर्नुहुँदै कोरोना महामारीको बेला संघले गरेको कार्यप्रति प्रशंसा गर्नुहँदै धन्यवाद दिनुभएको थियो ।

राहत सामग्रीमा चामल १५ किलो तेल १ लिटर , नुन १ किलो , चना १ किलो , साबुन २ वटा र मास्क रहेका छन । यस्तै कार्यक्रम अन्य पालिका तथा स्थानीय तहमा पनि गरिने संघका सदस्य विनोद श्रेष्ठले बताउनुभयो । साथै संघले रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्याललाई स्वास्थ्य सामग्री वितरण गरेको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय