काठमाडौं- विकासशील देशका बीमा कम्पनी र नियमनकारी निकायको साझा संस्था (एआइआरडिसी)को २१औं सम्मेलन असोज ९ र १० गते काठमाडौंमा आयोजना हुने भएको छ। प्राकृतिक विपत्तिको जोखिम बहन गर्ने क्षमता खोज्न नेपालमा सम्मेलन हुन लागेको बताइएकाे छ।

सम्मेलनमा २० विकासशील देशका १ सय ५० भन्दा बढी बिमा कम्पनी तथा नियामक निकायका प्रतिनिधीहरूको सहभागिता रहनेछ। एआइआरडिसी, बीमा समिति र नेपाल बीमक संघले संयुक्त रूपमा सम्मेलन आयोजना गर्न लागेका हुन्।

सम्मेलनमा प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणमा पुनर्बीमा कम्पनीको भूमिका, बिमा कम्पनीहरूको डिजिटलाइजेसन, माईक्रो इन्स्योरेन्सलगायतका बिषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्। सम्मेलनबाट प्राप्त सुझाव र निष्कर्षलाई बीमा क्षेत्रको नियमनमा उपयोग गर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बताए।

सम्मेलनमा उठेका विषयवस्तुबाट बीमा समितिले आवश्यक नीति नियम तथा निर्देशन तयार पार्ने अध्यक्ष चापागाईंले बताए।

उक्त सम्मेलनमा ५ सय नेपाली र १ सय ५० विदेशी गरी जम्मा ६ सय ५० जना बीमा क्षेत्र सम्बद्ध व्यक्तिले प्रत्यक्ष सहभागिता जनाउने आयोजकले बताएको छ।

एआइआरडिसीमा नेपालसहित २९ वटा विकासोन्मुख राष्ट्रका जीवन बीमा तथा निर्जीवन बिमा कम्पनी र नियामक निकाय सदस्य छन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय