होम राई मगर
१४ बैशाख । निस्दी गाउँपालिका पाल्पा काेराेनाकाे जाेखिमलाई मध्यनजर गर्दैे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने गर्ने भएको छ । आईतबार उच्च स्तरिय सिसिएमसीकाे बैठकले देशभरका विद्यालयहरुमा भाैतिक उपस्थित विना भर्चुअल फर्ने भन्ने भन्ने निर्णय गरेको थियो । साेहि निर्णयलाई जिल्ला स्तरमा अनिवार्य लागू गर्ने उद्वेश्य अनुरूप निस्दी गाउँपालिका भित्रका सम्पूर्ण विद्यालयहरु बन्द गर्ने निर्णय भएकाे गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले दिनुभयाे । विद्यालयबाट हुन सक्ने जाेखिमलाई कम गर्न विद्यालय बन्द गर्ने निर्णय भएकाे गाउँपालिकाले जनाएको छ । यस अघि बैशाख २० गते भित्र विद्यालयका सम्पूर्ण परीक्षाहरु सम्पन्न गर्ने निर्णय गरे पनि परीक्षालाई समेत स्थगित गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय