होम राई मगर
१४ बैशाख / निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेको रातडाँडामा एक घरमा आगोलागी भएको छ ।
बैशाख १३ गते दिउँसो करीब ४ बजे तिर आगोलागी भएको घरमा नगद ५ हजार सहित खाद्यान्न,लुगाकपडा,सोलार जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय युवाहरुको सहयोगमा आगो नियन्त्रणमा लिन सहयोग भए पनि घरमा भएका कुनै पनि सामान बाहिर निकाल्न भने नसकिएको स्थानीयले बताएका छन् । भान्सामा खाना बनाउदै गरेको र एक्कासि आगोलागी भएको बताइएको उक्त आगोलागी बाट करीब ५ लाख बराबरको क्षति भएको जप्कादी प्रहरी चौकी प्रमुख केशर बहादुर गाहाले बताउनु भएको छ । पूर्ण बहादुर सारुको घरमा विगत केही वर्ष देखि टोप बहादुर सारुको परिवार बस्दै आएका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय