११ , वैशाख / २०७८ , शनिबार

धनबहादुर ठाडा / पाल्पा – निस्दीमा टेक्टरबाट खसेर सहचालकको मृत्यु भएको छ। निस्दी गाउँपालिका वडा नम्बर ५ गल्धाको बेलौजीबाट ढुंगानावेशी तर्फ आउदै गरेको लु ४ त ६९८१ नम्बरको टेक्टरबाट खसेर सह चालक टेकबहादुर जर्घाको घटनास्थालमै मृत्यु भएको हो।

शुक्रबार राती करिब साढे ९ बजेतिर भएको दुर्घटनामा परि मृतक निस्दी – ४ , मित्याल स्थायी ठेगाना भइ हाल गल्धा बसोबास गर्दै आएको १९ वर्षीय जर्घाको शव पोस्टमतमको लागि रामपुर पठाएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो । टेक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय