६ , वैशाख / २०७८ , सोमबार

परेवा खबर संवाददाता / पाल्पा – निस्दीमा जिप दुर्घटना हुँदा ३ जना गम्भीर घाइते भएका छ्न। निस्दी गाउँपालिका वडा नम्बर – ३ , झिरुबास , खादरदेखी रामपुरका लागि छुटेको ग १ ज ५७११ नम्बरको जिप गल्धाको पिपलभन्ज्याङ्ग नजिकै सोमबार बिहान करिब ८ बजेतिर दुर्घटना भएको हो।

चालकसहित १० जना सवार रहेको जिप दुर्घटनामा परी ३ जना गम्भीर घाइते र अन्य सामान्य घाइते भएका छन। गम्भीर घाइते हुनेहरूमा निस्दी – ४ , मित्यालको वर्ष ७० का चुडाम सिं सुनारी , निस्दी – ३ , झिरुबासकी वर्ष ४९ की केशरी सोमै र निस्दी – ४ , मित्यालको वर्ष ६४ को फत्य सिं ठाडा रहेको रुक्सेभन्ज्याङ्ग प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।

घाइते सबैलाई प्रहरी र स्थानीयले उद्धर गरेर उपचारको लागि रामपुरमा पठाएको प्रहरीले जनाएको छ। जिप सडकबाट करि ५ मिटर तल सालको रुखमा आडेर बसेकोले धेरै ठुलो क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय