दानस मल्ल,२० चैत्र नेपाल कम्युनिस्ट पार्टी एमाले रामपुर नगरपालिका पाल्पाको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ।
नेकपा एमाले रामपुर नगर इन्चार्च राजु प्रसाद श्रेष्ठ को अध्यक्षता मा भएको भेलामा नेकपा एमाले का केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश सह इन्चार्ज दल बहादुर रानाले बर्तमान राजनीतिक घट्ना क्रमको बारेमा बोल्नु हुँदै ” नेकपा माओवादी केन्द्र पनि हाम्रो मित्र भएकोले वहाँ हरुलाई मित्रबत व्यबहार गर्नु पर्ने कुरा बताउनु भयो।यसै गरि हिजो नेकपा एक भएको स्थितिमा जे जस्तो भए पनि माधव नेपाल पक्षमा लाग्नु भएका साथीहरू लाई समेत समेटेर लजानु पर्ने बिचार ब्यक्त गर्नु भयो।पाल्पा जिल्ला को हकमा माधब नेपाल र केपि ओलि को गुट भनेर कोहि कसैलाई काखा पाखा गर्न पाइने छैन तर पार्टिमा बस्ने तर पार्टी भित्रै समानान्तर गतिबिधी गर्नेलाई भने माफी दिन नसक्ने कुरा ब्यक्त गर्नु भयो।” पाल्पा क्षेत्र नम्बर १ का सङ्घिय साम्सद समेत रहनु भएका नेता रानाले बोल्नु हुँदै” हिजो मात्रै रामपुर क्षेत्र मा मात्रै ११ करोड ५० लाख को योजना को टेन्डर खुलेको बताउनु भयो।यसै गरि रामपुर नगरपालिका का १ सय ६१ घरलाई कर्कट पाताले छाउन का लागि प्रती घर ५० हजार दिने कार्यक्रम सरकारको भएको तर रामपुर नगर पालिका बाट त्यस्ता ब्यक्ती हरुको नामावली न आएकोले २७ गते भित्रमा त्यस्ता ब्यक्तिहरुको नामावली दिनको लागि अनुरोध गर्नु भयो।” कार्यक्रममा बोल्नु हुदै एमाले पाल्पाका अध्यक्ष एवम् प्रदेश साम्सद नारायण प्रसाद आचार्य ले”हिजो जे जस्तो गतिविधि भए पनि अब सबै जना सच्चिएर पार्टी एकताको काम मा लाग्नु पर्ने कुरामा जोड दिनु भयो।नेता आचार्य ले व्यक्तिगत कुरा लाई भन्दा पनि संस्थागत कुरा प्रमुख कुरा हो त्यसैले अब सबैले आत्म समिक्षा गर्दै मिलेर अघि बढनु पर्नेमा जोड दिनु भयो।”
नगर कमिटी सदस्य राधिका भण्डारी को स्वागत बाट भएको कार्यक्रममा सम्बिधान सभा सदस्य राधाकृष्ण कडेल,प्रदेश सांसद युबराज खनाल,पाल्पा काठमाडौ सम्पर्क मन्च अध्यक्ष निल सारु लगायत ले बोल्नु हुँदै बर्तमान राजनिती को सन्दर्भमा बोल्नु भएको थियो।
न्यु श्रीनगर होटेल बेझाड बजार पाल्पा मा भएको कार्यक्रम को सन्चालन दामोदर पाठकले गर्नु भएको थियो।