१५ चैत / २०७७ , आइतबार

धनबहादुर ठाडा / पाल्पा – निस्दी आवाजले आगलागी पीडितलाई राहत वितरण गरेको छ।

निस्दी गाउँपालिका वडा नम्बर – ३ , झिरुबास , भालुवाका पुर्ण कुमार सोतीको घर गत चैत ११ गते जलेर नष्ट भएको थियो । निस्दी आवाजका प्रतिनिधि खर्ग सिंह सोमैको नेतृत्वमा आगलागी पीडितको घरमै गएर स्थानीयको रोहवरमा राहत सामग्री वितरण गरेको बरिस्ठ सल्लाहकार खुम प्रसाद सारुले बताउनुभयो ।

राहत सामग्रीमा चामल १ सय २५ किलो , दाल १५ किलो , तेल ४ लिटर , नुन ५ किलो र चिउरा ५ किलो रहेको निस्दी आवाजका संयोजक अनुराग सुनारीले बताउनुभयो। राहत सामग्री सोतीको दाइ चुरा सिं सुतीलाई हस्तान्तरण गरेको स्थानीय समाजसेवी प्रेमकुमार सोतीले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय