११ चैत / २०७७ , बुधबार

धनबहादुर ठाडा / पाल्पा – निस्दीको झिरुबासमा आगलागीबाट एक घर जलेर पुर्ण रूपमा क्षति भएको छ।

निस्दी गाउँपालिका -३ , झिरुबास , भालुवा स्थित ४९ वर्षयी पुर्ण कुमार सोतीको घर आगलागीबाट पुर्ण रूपमा क्षति भएको हो। बुधबार बिहान करिब ८ बजेतिर भएको आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको रुक्सेभन्ज्याङ प्रहरी चौकी मित्यालका प्रमुख डेढ बहादुर थापाले बताउनुभयो ।

आगलागीबाट नजिकैको चुरा सिं सुतीको घरमा पनि सामान्य क्षति पुर्याएको प्रहरीले जनाएको छ। बिहान खाना पकाइरहेको बेला नजिकैको पराल र मकैको खोस्तोमा आगो सल्केरा आगलागी भएको स्थानीय प्रेम कुमार सोतीले बताउनुभयो। आगो लागेको देखेपछि स्थानीय सबै जम्मा भएर आगो नियन्त्रणमा लिन सफल भएकोले अन्य छिमेकीको घरमा थप क्षति हुन नपाएको स्थानीय शिक्षक जोख बहादुर सोमैले बताउनुभयो । आगलागीबाट घरमा रहेको लत्ताकपडा , अन्न , जग्गाको लालपुर्जा तथा अन्य कागजातहरु जलेको प्रहरीले जनाएको छ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय