होम राई मगर
९ फागुन २०७७
निस्दी,पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-७,ज्यामिरे पाल्पामा पुरुष तथा महिला भलिबल छनौट खेल सम्पन्न भएको छ ।
ज्यामिरे खेलकुद समन्वय समितिका अध्यक्ष गोविन्द सारुको अध्यक्षतामा सन्चालन भएको पुरस्कार वितरण कार्यक्रम गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको प्रमुख अतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा अध्यक्ष सारुले बिजयी समूहलाई बधाई दिनु हुदै युवाहरु समाजको बिकास कार्यमा जुट्नु पर्ने बताउनुभयो । कार्यक्रममा वडाध्यक्ष गगन सिं सोती,जनप्रीया माध्यमिक विद्यालयका प्रधानाध्यापक टेकन सिं पल्ली लगायतकाले बोल्नु भएको थियो । जम्मा १६ समूहको सहभागिता रहेको पुरुष भलिबल प्रतियोगितामा युनिटी ग्रुप हुबासले पहिलो स्थान हासिल गरेका थिए भने अन्नपूर्ण समूह पोखरीछापले दोस्रो र लाफा ग्रुप चारघरेले तृतीय स्थान हासिल गरेका थिए । यसैगरी जम्मा ६ समूह रहेको महिला भलिबल प्रतियोगितामा सिन्दुरे प्रथम,जनप्रीय मावी बतासा दोस्रो र मदनपुर तेस्रो भएको थियो । बिजेता महिला र पुरुष भलिबल समूहले आगामी चैत २० गते सन्चालन हुने अध्यक्ष कपमा सहभागिता जनाउने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय