पुनाराम सुनारी
निर्माता तुलरुपा सारु र निर्देशक बुद्धया सुनारी मगरको निर्देशनमा बनेको मगर भाषा मगर सस्कृतीमा आधारित मगर चलचित्र माराङको Trailer सर्बजनिक भएको छ । धेरै लामो प्रतीक्षा पछि चलचित्रको Trailer #SunariFilmsOfficial Youtube channel बाट सर्बजनिक गरेको चलचित्रका निर्देशक बुद्ध्य सुनारी मगरले बताउनु भयो ।
चलचित्रमा मुख्य हिरोको भुमिका रमेश बाबू थापा मगर र हिरोईनमा सृजना थापाको रहेको चलचित्रमा, रोमन गाहा, टेक राना मगर र लक्ष्मी थापा मगरको पनि बिशेष भुमिका रहेको छ भने आर्ट डाइरेक्टर रोमन गाहा मगरले गर्नुभएको छ ।
यो भन्दा अगाडि चलचित्रको गीत सर्बजनिक पनि गरेको र छोटो समयमा पनि लाखौं दशर्कहरुको माया पाउँदा हौसला मिलेको र आफुलाई भाग्यमानी ठानेको अझै मगर सस्कृतिलाई जोगाउन बढी आफ्नो कर्तव्य रहेको महसुस निर्देशक सुनारी मगरले बताउनु भयो ।
मगर भाषामा बनेको चलचित्र माराङको सबै काम अन्तिम चरणमा रहेको र छिट्टै रिलिज हुने पनि निर्देशक सुनारी ले बताउनु भयो ।https://m.youtube.com/watch?v=XKgIE-3RF2Q&f=co

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय