५ , चैत / २०७७ , बिहीबार

होम राई मगर / पाल्पा – निस्दी गाउँपालिका अर्चलेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।

निस्दी गाउँपलिका वडा नम्बर-६,अर्चले,पाल्पाका वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रम निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चलेको आयोजनामा सम्पन्न भएको हो । अर्चलेमा यस वर्ष संचालित कार्यक्रमहरुको जानकारी दिदै वडा सचिव सावित्रा गैरेले घटना दर्ता निर्धारित समय भित्र सम्पन्न गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा सेवाग्राहीहरुले उठाएका महत्त्वपूर्ण जिज्ञासाहरुको बारे सम्बन्धित निकायहरुले जवाफ दिएका थिए । कार्यक्रममा अर्जुन बयम्बु,थाम बहादुर गाहा,लिलाराम राई,इश्वरी अर्याल लगायतकाले विभिन्न जिज्ञासा तथा सुझाव राख्नुभएको थियो । कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना,सवइन्जिनियर बिपिन जिसी,मनबिर नेपालीले आ-आफ्नो शाखामा उठेका जिज्ञासा बारे बोल्नुभएको थियो ।

वडा सदस्य मिम्श्री बयम्बुको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सन्चालन पत्रकार होम राई मगरले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय