५ , चैत / २०७७ , बिहीबार

धनबहादुर ठाडा / पाल्पा – निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।

वडा अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको कार्यक्रममा वडाका कर्मचारी सहबिर खन्गाहाले आर्थिक वर्ष २०७७/०७८ को साउन १ गतेदेखि फागुन मसान्तसम्मको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा मित्यालमा पालिकाबाट ४१ वटा योजना विनियोजित भएकोमा १० वटा योजनाको काम सम्पन्न भएको बताउनुभयो । मित्यालमा ३० घर परिवारलाई खर रहित छाना मुक्तको लागि कर्कतपाता वितरण गरेको छ।

कार्यक्रममा सहभागीले शिक्षा , कृषि , बिजुली , मोटरबाटो , सहकारी , खानेपानी , बजार व्यवस्थापन जस्ता विषयमा जिज्ञासा राखेका थिए । वडा सदस्य मन प्रसाद सोतीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा नेकपा एमालेका पार्टी प्रतिनिधि भुवन थापाले आफ्ना भनाइ राख्नुभएको थियो ।

सहभागीले उठाएका जिज्ञासाको जवाफ वडाका जनप्रतिनिधि , निस्दी गाउँपालिका लेखा अधिकृत सरोज काफ्ले , सहकारी विभाग प्रमुख प्रमोद भट्टराई लगायतले दिनुभएको थियो । कार्यक्रमको संचालन पत्रकार धनबहादुर ठाडा र पुनाराम सुनारीले गर्नुभएको थियोे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय