२ चैत / २०७७ , सोमबार

बन्दना पोखरेल / पाल्पा – रामपुर नगरपालिका भित्रका अव्यवस्थित घरघडेरीको पुन लगत संकलन गरिने भएको छ ।

रामपुर नगरपालिका वडा नं. ५ , ६ र ७ का जग्गा दर्ता समिति गठन आदेश २०७५ मा निवेदन दिईएका जग्गाहरुको पुन लगत संकलन गरिने भएको हो । वडा नं. ५ , ६ र ७ का जग्गा मध्ये जग्गा दर्ता समितिमा दर्ता भएका जग्गाधनीले नगरपालिकामा पुन फारम भरि आफ्नो जग्गा पुन दर्ता गर्नु पर्ने भएको हो ।

भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति रामपुर पाल्पाको सोमबार बसेको बैठकले रामपुर नगरपालिकामा पनि लगत संकलन कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको स्थानिय तहबाट लगत संकलन सम्बन्धि कार्यविधि २०७७ अनुसार रामपुर नगरपालिकाले वडा नं. ५ , ६ र ७ का जग्गा दर्ता समितिमा दर्ता भएका ७ सय ८३ वटा जग्गाको पुन लगत संकलन गरिने रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो । विगतमा जग्गा दर्ता समितिमा दर्ता भए पनि जग्गाधनीहरुले नगरपालिकामा आई पुन फारम भर्नु पर्ने र जग्गा दर्ता गर्न उहाँले आग्रह गर्नुभयो ।

नगरपालिकाले चैत्र ३ गते देखि नै अव्यवस्थित जग्गाको लगत संकलन गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले बताउनुभयो । यही चैत्र ९ गतेसम्म रामपुर नगरपालिकाको कार्यालयमा आई आफ्नो जग्गा दर्ता गर्न सकिने उहाँले बताउनुभयो ।

भुमि सम्बन्धि समस्या समाधान सहजिकरण समिति रामपुर पाल्पाका संयोजक रमण बहादुर थापाको अध्यक्षतामा बसेको बैठकको संचालन प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले गर्नु भएको थियो । रामपुर नगरपालिकाको कार्यालय भवनमा बसेको बैठकमा विभिन्न राजनितिक दलका प्रतिनिधि , नागरिक समाज , सरोकारवाला र पत्रकारहरिको सहभागिता रहेको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय