२ चैत / २०७७ , सोमबार

बन्दना पोखरेल / पाल्पा – रामपुरमा सूचीकृत मेलमिलापकर्ताहरुलाई पुनर्ताजगी तालिम शुरु भएको छ ।

स्वच्छ सुन्दर र समुन्नत शहर हाम्रो रामपुर नगर भन्ने मुल नाराका साथ रामपुर नगरपालिका स्थानीय न्यायिक समिति रामपुरको आयोजनामा तालिम भएको हो । आजदेखि तीन दिनसम्म चल्ने तालिमको प्रमुख अतिथि रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा रहनु भएको हो ।

प्रमुख अतिथि नगर प्रमुख थापाले बोल्नुहुँदै मेलमिलापकर्ता समाजको एक हिस्सा भएकाले समाजलाई मिलायर लैजानु पर्ने ठाउँमा मेलमीलापकर्ता हुनुहुन्छ । सवैले आफ्नो र पराई नभनी न्याय गरिदिन र न्याय पाइन्छ भन्ने सन्देश जाओस , सभ्य समाज विकासका लागि मेलमीलापकर्ताको ठूलो भुमिका हुने भएकाले राम्रो व्यावहार होस भन्ने शुभकामना दिनुभएको छ ।

न्यायिक समितिका सदस्य बिष्णु प्रसाद बस्यालको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा नंं २ का वडाध्यक्ष्य तारा बहादुर थापा , वडा नंं ५ का वडाध्यक्ष हिमाल मल्ल, वडा नंं ८ का अध्यक्ष बोम बहादुर नामजालि, कार्यपालिका सदस्य दुर्गा भण्डारी लगायतले तालिम सफलताको शुभकामना दिनु भएको छ । प्रमुख प्रशासकीय अधिकृत हरीराम नागिला प्रमुख प्रशिक्षक रहनु भएको तालिममा प्रत्येक वडाका ३ जनाका दरले ३० जना मेलमिलापकर्ता सहभागि रहनु भएको छ । उद्घाटन सत्रको सन्चालन नगरपालिकाका कर्मचारी पुजा परियारले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय