एजेन्सी– मिस युनिभर्स १९९५ चेल्सी स्मिथको निधन भएको छ। क्यान्सरका कारण गत शनिबार स्मिथक निधन भएको हो। एक वर्षयता कलेजोको क्यान्सरको उपचार गराइरहेकी स्मिथको ४५ वर्षमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उल्लेख छ।

मिस युनिभर्सको ताज जितेपछि ब्युटी प्याजेन्टका लागि प्रशिक्षकको काम गर्दै आएकी स्मिथ २०१७ को सुरुवातीबाट क्यानसरसँग लडिरहेकी थिइन्।

मिस ट्याक्सस, मिस युएसए हुँदै मिस युनिभर्सको ताज पहिरिन सफल स्मिथले करिअरमा केही टेलिभिजन कार्यक्रम र फिल्ममा समेत काम गरेकी थिइन्।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय