होम राई मगर
२८ फागुन २०७७
निस्दी,पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पामा मिसन अस्पताल तानसेन,पाल्पाको परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
अर्चले स्वास्थ्य चौकी सन्चालन तथा व्यवस्थापन समितिका संयोजक मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारु रहनु भएको हो । कार्यक्रममा प्रमुख अतिथि सारुले मिसन अस्पतालले सन्चालन गरेका कार्यक्रमहरुको प्रशंसा गर्दै समूह मार्फत सामाजिक बिकासमा लाग्नुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा मिसन अस्पताल तानसेनका निर्देशक डा. राचेल कारखले मिसन अस्पतालले सुरक्षित मातृत्व,पोषण,स्वास्थ्य चौकीमा सहयोग,विद्यालय स्वास्थ्य कार्यक्रम,लैङ्गिक समनता जस्ता कार्यक्रम सन्चालन गरेको बताउनुभयो । कार्यक्रममा बोल्नु हुँदै समुदाय स्वास्थ्य बिभाग संयोजक पार्वती गौतमले बिगत ७ वर्ष देखि अर्चले र ज्यामिरेमा युनाइटेड मिसन अस्पताल समुदाय स्वास्थ्य विभागले स्वास्थ्य आमा समूह मार्फत कार्यक्रम सन्चालन गरेको र कार्यक्रम सन्चालन गर्न सहयोग दिने सबैलाई धन्यवाद दिनुभएको थियो । कार्यक्रममा अर्चलेका १२ वटा आमा समूह र अर्चले स्वास्थ्य चौकीलाई १/१ वटा स्टेचर हस्तान्तरण समेत गरिएको थियो ।
सयपत्री स्वास्थ्य आमा समूहका अध्यक्षका अध्यक्ष मिम्श्री बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर रानाले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय