दानस मल्ल, २७ फाल्गुन रामपुर नगरपालिका वडा न १ खटाङ्ग स्थित टापुधाम मा निर्मित शालिग्राम सङ्ग्राहलय को उद्घाट्न भएको छ। रामपुर नगरपालिका को ८ लाख र पर्यटन बोर्डको ५लाख गरि जम्मा १३ लाखको लागतमा निर्माण भएको सङ्ग्राहलय भवनको उद्घाटन रामपुर नगरपालिका का प्रमुख रमण बहादुर थापाले गर्नु भएको हो। टापु धाम सम्रक्षण समितिका अध्यक्ष टिकाराम सिग्देल क्षेत्री को अध्यक्षता मा भएको कार्यक्रम मा बोल्नु हुँदै कार्यक्रमका मुख्य पाहुना नगर प्रमुख थापाले “अहिले को परिस्थितिमा विभिन्न बिचारधारा बाट बिभक्त हाम्रो समाजलाई एउटै विचारमा ल्याउने बिचार भनेकै आध्यात्मिक बिचार हो।तर शिव जि को प्रसाद को रुपमा भाङ्ग धतुरो लगायतका नसालु चिज खाने कु सस्क्रीत बाट हामी रुपान्तरित हुनु जरुरी छ।बिश्व को एक मात्र कालिनदी जहाँ शालिग्राम पाइन्छ।यस्को अत्यन्त ठूलो महत्व छ।जस्को सङ्ग्रह गरेर धार्मिक पर्यटन लाई अगाडी बढाउन अनुरोध गर्नु हुँदै यस कार्यमा आफुले सक्दो सहयोग गर्ने कुरा बताउनु भयो।” समिती का उपाध्यक्ष नारायण प्रसाद सिग्देल को स्वागत बाट सुरु भएको कार्यक्रममा वडा न १ का अध्यक्ष मित्रलाल कडेल,वडा न २ का अध्यक्ष तारा बहादुर थापा,रामपुर नगरपालिका का योजना अधिकृत कपिल बहादुर खाण,वडा न १ का सदस्य गम बहादुर मल्ल,नेपाली काङ्ग्रेस रामपुर का सचिब चिरञ्जीवी सिग्देल,तरुणदल पाल्पाका सहसचिब कुमार खाण, टापुधाम सम्रक्षण समितिका सचिब राम प्रसाद श्रेष्ठ ,पुर्ब अध्यक्ष रिसिराम तिवारी,समाजसेवी वसन्त बहादुर थापा लगायत ले बोल्नु हुँदै काली नदि र शालिग्राम को महत्व को बारेमा आ आफ्नो धारणा राख्नु भएको थियो। कालिनदी वारि र पारिका श्रद्दालु भक्तजन हरु को उपस्थितिमा भएको कार्यक्रमको सन्चालन भोला बिक्रम सिङ ले गर्नु भएको हो।