✍️मोहन सिं राना

निलो आकाशको पछेउरी
अनि बादलको घुम्टो
दुई पहाडलाई अंगालो मारेर
निरन्तर र निश्छल बगिरहने
निस्दी तिमी
धेरै गाँउहरुका
गास र बासका कर्म हौ
सिमाना बनाइदिने रेखा होै
जलचरका घर हौ
साझा आगन हौ
सपना बुन्ने र बटुल्ने
सरकारका सारथी हौ
जहाँबाट जीवनका गाथाहरु बन्दछन्
भाकाहरु बन्दछन्
पार्टीका घोषणा पत्रहरु बन्दछन्
शासन व्यवस्थाहरु बाचेका छन्
परिकल्पना बनिरहेका छन्
निस्दी तिमी छौ र त
हाम्रा सपना जिवन्त छन्
यसैले त स्थिर बन
तिम्रो सुन्दरता कोट्याउने छन्
तिमीलाई ठुला मेसिनले
प्लाष्टिक सर्जरी गर्ने छन
तिमी रंगहिन हुने छौ
तिमी गन्धहिन हुने छौ
साझा होइन
कसैको मात्र निजी घरमात्र
त्यसैले त प्रण छ
तिमी र तिम्रा सँग
नबदल अनि बिचलित नवन
तिमीले बनाईदिने
निलो आकास र हरियो धर्तिकालागि

पर्यावरणीय न्यायका लागि ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय