२५ फागुन / २०७७ , मंगलबार

बन्दना पोखरेल / पाल्पा – सहयात्री नेपाल पाल्पाको आयोजनामा १११ औंं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस रामपुरमा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवि घिमिरे आचार्य रहनु भएको हो । आर्चायले बोल्दै समाज परिवर्तन गर्ने जिम्मा हामी संगै छ, हिंसा महिला पुरुष जसलाई पनि हुन्छ सर्वप्रथम म हिंसा गर्दिन भनेर काम गरे सफल भईन्छ भन्नू भएको छ ।


उपााध्यक्ष सरस्वति भट्टराई को स्वागतबाट शुरु भएको कार्यक्रममा नगरपालिकाका प्रशासकिय अधिकृत हरिराम नागीलाले नारी शक्ति हो ,देवि हो सृष्टि हो , सम्मान हो , ईज्यत हो भन्दै संविधानमा भएका महिलाका अधिकारका बारेमा जानकारी गराउनु भएको थियो । नेपालमा ५१.५०% महिलाको तथ्य्यांक रहेेको छ । महिला बलत्कार को घटना रोकिएको छैन , विद्यालय देखि नै सचेतना आबश्यक रहेको भन्दै नारीलाइ पनि समान रुपले शिक्षा ,स्वास्थ र रोजगार आबश्यक छ भन्नू भयो ।

रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले बाल्दै परिवर्तन घरबाट नै शुरु गर्नु पर्छ भन्दै महिलाले महिला प्रति हुने हिंसा अन्त नहुदासम्म समाज परिवर्तन हुदैन भन्ने बताउदै नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । समृद्धि नेपालका अध्यक्ष सावित्रा गैह्रे ,पत्रकार रमा भण्डारीले हिंसा धेरै प्रकारको हुन्छ हिंसामा परे सहन हुदैन त्यसको समाधान तर्फ लाग्नु पर्ने बताउनु भयो । कार्यक्रममा संस्थाले प्रेरणादायी श्रमिक महिला सम्मान गरेको छ । रामपुर ४ बस्ने सुमन खाम्चा विगत लामो समय देखि घर निर्माण कार्य गर्दै अगुवा मदजुरको रुपमा काम गर्नु भएको छ भने अर्का महिला रामपुर ६ बस्ने सीता ढकालले हाउस वाईरिङको काम गर्दै आउनु भएको छ । उहाँहरु दुबैलाई संस्थाको तर्फबाट सम्मान पत्र र खादाँ ओडाएर सम्मान गरिएको छ ।

कार्यक्रममा सहयात्रि नेपालका सल्लाहकार दुर्गा देवि रानाले सहभागिलाई धन्यबाद दिनु भएको कार्यक्रमको सन्चालन सचिव बन्दना पोखरेलले गर्नु भएको हो । भगवान गौतम बुद्धले भन्नु भएको छ “अप्पो दिपो भव ” सोहि अनुरुप हामी सवैले सामाजिक रुपान्तरणको सुरुवाद आफैबाट गर्नू पर्दछ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय