होम राई मगर
२३ फागुन २०७७
निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा एक हप्ते मेलमिलाप तालिम सन्चालन भएको छ ।
वडा नम्बर-३,झिरुबासका वडाध्यक्ष लक्ष्मी पाटाको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना गाउँपालिकाका उपाध्यक्ष तथा न्यायीक समितिका संयोजक रिता कुमारी अर्याल रहनुभएको थियो । तालिमको उद्देश्य बारे प्रमुख प्रशासकीय अधिकृत भगवान भक्त अर्यालले जानकारी गराउनु भएको थियो भने तालिमको सहजीकरण कानुन अन्वेषण तथा श्रोत बिकास केन्द्रका सिताराम अधिकारी र हेमा न्यौपानेले गर्नुभएको हो । गाउँपालिका ७ वटै वडाका वडाध्यक्ष र प्रत्येक वडाका ३/३ जना गरि २९ जनाको सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता मेख बहादुर सुनारीले जनाउनु भएको छ ।
निस्दीको ढुंगानाबेसीमा सन्चालन भएको तालिम फागुन २२ गते देखि २९ गते सम्म हुने गाउँपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय