२२ फागुन / २०७७ , शनिबार

बन्दना पोखरेल / पाल्पा – रामपुर नगरपालिका वडा नम्बर ८ , कोल्टारमा सामुदायिक ट्रष्ट भवनको शिलान्यास भएको छ ।

निर्वाचन क्षेत्र विकास कोषको १० लाख रुपैयामा बन्ने ट्रष्टको प्रदेश सांसद युवराज खनालले शिलान्यास गर्नुभएको हो । भवन शिलान्यास गर्नुहुँदै सांसद खनालले विकास निर्माणको कार्यमा संघ, प्रदेश सरकार र स्थानिय सरकार मिलेर अघि बढेको बताउनुभयो ।

रामपुर नगरपालिका वडा नम्बर – ८ , का अध्यक्ष बोम बहादुर नामजालीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा वडा कमिटी अध्यक्ष दिनेश आचार्यले स्वागत गर्नुभएको थियो भने ट्रष्टका अध्यक्ष सञ्जय नेपालीले कार्यक्रमको सञ्चालन गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय