होम राई मगर
२१ फागुन २०७७
निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा पदाधिकारी तथा कर्मचारीहरुका लागि तालीम सन्चालन भएको छ ।
निस्दी गाउँपालिकाको आयोजनामा सन्चालन भएको तालिमको अध्यक्षता गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले गर्नुभएको थियो । तालिममा गाउँपालिका भित्र रहेका ७ वटै वडाका वडा सचीव,गाउँपालिकाका शाखा प्रमुख र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । नागरिकता र योजना सन्चालन सम्बन्धि जानकारी गराउने उद्देश्यले सन्चालन भएको तालिमको सहजीकरण जिल्ला समन्वय अधिकारी ध्रुव बहादुर कुँवर,कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख खेमराज घिमिरे र इलका प्रशासन प्रमुख इश्वर चन्द्र अर्यालले गर्नु भएको हो ।
गाउँपालिकाका लेखा अधिकृत सरोज काफ्लेले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन प्रशासन शाखा प्रमुख अर्जुन खनालले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय