निस्दी,पाल्पा ।
२०फागुन २०७७
होम राई मगर

भौतिक पुर्वाधार विकास मन्त्रालयका निर्देशक इन्जिनियर भिमार्जुन पाण्डेले आगामी २०७८ पाैष २८ गते सम्पन्न गर्ने गरी निर्माण सम्झाैता भएको जानकारी गराउदै निर्धारित समयमै काम सम्पन्न हुनेमा बिश्वास्त रहेको बताउनुभयो । पुल २० मिटर लम्बाइ र ९ मिटर चौडाई सहित दायाँबायाँ पैदल मार्ग समेत रहने छ ।
प्रदेश मन्त्रालयकाे २ कराेड २१ लाख ४ हजार ३ सय ७९ रुपैयाँकाे लागतमा पुल बन्ने उक्त पुल निर्माण भएपछि त्यस आसपासका जनताहरु लाभान्वित हुनेछन् ।

जिल्ला समन्वय समिति पाल्पाका कार्यबाहक अध्यक्ष प्रमुख मिरा मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको सन्चालन वडा नम्बर ५ का वडाध्यक्ष भिम बहादुर बयम्बुले गर्नुभएको हाे ।

          निस्दी गाउँपालिका वडा नं. ५ गल्धा ढुङ्गानाबेसी र वडा नं. ३ झिरुवास पाल्पा जाेड्ने पाकरीखाेलामा मोटरेबल पक्की पुल बन्ने भएको छ । पुलको लुम्बिनी प्रदेशका भाैतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चाैधरीले एक कार्यक्रमका बिच शिलन्यास गर्नु भएको हो ।  उहाँले प्रदेशमा १ सय ५४ वटा पुल निर्माणाधिन र बन्ने प्रक्रियामा रहेका मध्ये पाल्पामा १५ वटा निर्माणाधिन अबस्थामा रहेकाे बताउदै बिकास निर्माणमा सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिनुभयो । 
  कार्यक्रम बोल्दै लुम्बिनी प्रदेशका सांसद नारायण प्रसाद आचार्यले निस्दीमा बिजुली पहिलो आवश्यकता रहेको बताउदै समयमै कार्य सम्पन्न गर्न सम्बन्धित ठाउँमा खबरदारी गरि रहेको बताउनुभयो । लुम्बिनी प्रदेशकै अर्का सांसद युवराज खनालले बिकासको गति बिगतमा भन्दा अहिले द्रुत गतिमा भइरहेको बताउनुभयो ।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय