काठमाडौँ– काठमाडौँ महानगरपालिकाले जिल्लाका ६ वटा ए डिभिजन फुटबल क्लबलाई करीब रु ५६ लाख आर्थिक सहयोग गरेको छ।

कामपाका प्रमुख विद्यासुन्दर शाक्यले उक्त रकम हस्तान्तरण गरेका हुन्। प्रत्येक क्लबलाई ९ लाख ३० हजार रुपैयाँको दरले रकम हस्तान्तरण गरे। रकम लिने क्लबमा मछिन्द्र, संकटा, एनआरटी, हिमालय शेर्पा, सरस्वती युथ र मनाङ्ग मस्र्याङ्दी क्लब रहेका छन्।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले सबैभन्दा लोकप्रिय खेल फुटबलको विकास र वृद्धिका लगि कामपाले सानो सहयोग गरेको बताउँदै क्लबहरुले उत्कृष्ट खेल खेलेमा आगामी दिनमा रकम थप्दै जाने विश्वास दिलाए।

एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालको फुटबल क्षेत्रको विकासका लागि यो कोसेढुङ्गा भएको जिकिर गए। शेर्पाले क्लबहरुलाई लिगको तयारी स्वरुप कामपाले सहयोग गरेको समाजिक सञ्जाल मार्फत जनाएका छन्।

लिग आगामी असोज १३ गतेदेखि माघ १६ गतेसम्म ए डिभिजन लिग सञ्चालन हुनेछ। ए डिभिजन लिगमा १४ टिमले भाग लिनेछन्। जसमा त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, एनआरटी, सरस्वती, फ्रेण्ड्स, जावलाखेल, मछिन्द्र, संकटा, हिमालयन शेर्पा, च्यासल र व्रिगेड व्वाइज क्लब छन्।  लिग सातदोबाटोको एन्फा कम्प्लेक्स र हल्लोच मैदानमा हुनेछ।

मनाङ्ग मस्र्याङ्दी क्लबका अध्यक्ष कान्छामुखिया गुरुङले पछिल्लो समय क्लबहरुलाई नियमित रुपमा खेल सञ्चालन गर्न आर्थिक रुपमा नै कठिन हुँदै गएकाले कामपाको सहयोगले केही टेवा पुग्ने बताए। कार्यक्रममा कामपाले प्रत्येक क्लबलाई फुटबल खेल्दा लगाइने पोशाक पनि वितरण गरेको थिय । राससको सहयोगमा

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय