प्रेम ब. बाकाबल ,सहलकोट
निस्दी गाउँ पालिका वडा न २ सहलकोटमा कोभिड १९ रोग विरुद्धको खोप अभियान २०७७/०७८ अन्तर्गत वडा स्तरीय स्वयंसेवकहरुको अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
अभिमुखिकरण कार्यक्रममा कार्यक्रमको उद्देश्य , कोभिड १९ को परिचयको बारेमा जानकारी गराउदै स्वास्थ चौकी सहलकोटका सिनियर अहेव जगत थापाले कोभिड १९ को उच्च जोखिम वर्ग ,महामारीको अवस्था ,प्रदेश अनुसारको नयाँ सङक्रमित संख्या ,रोग सर्ने तरिका ,रोगका चिन्ह तथा लक्षण ,रोगको पहिचान निदान र बच्ने उपायबारे सहजीकरण गरेको हो।
स्वास्थ कार्यालय पाल्पाको आर्थिक सहयोग र सहलकोट स्वास्थ चौकी पाल्पाको आयोजना मा संचालन भएको हो ।
सहलकोट स्वास्थ चौकी पाल्पाका अनमी कल्पना देबि गाहाको स्वागतमा संचालन भएको कार्ययक्रमको संंचालन अनमी सीता माया दर्लामीले गरेको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय