पुनाराम सुनारी
निर्माता तुलरुपा सारु र निर्देशक बुद्धया सुनारी मगरको निर्देशनमा बनेको मगर भाषा मगर सस्कृतीमा आधारित मगर चलचित्र माराङको पोस्टर सर्बजनिक भएको छ । ३९ औं मगर दिवसको अवसरमा पोस्टर सर्बजनिक गरेको चलचित्रका निर्देशक बुद्ध्य सुनारी मगरले बताउनु भयो ।
चलचित्रमा मुख्य हिरोको भुमिका रमेश बाबू थापा मगर र हिरोईनमा सृजना थापाको रहेको चलचित्रमा टेक राना मगर र लक्ष्मी थापा मगरको पनि भुमिका रहेको छ भने आर्ट डाइरेक्टर रोमन गाहा मगरले गर्नुभएको छ ।
यो भन्दा अगाडि चलचित्रको सालीभेेना गीत सर्बजनिक पनि गरेको र छोटो समयमा लाखौं दशर्कहरुको माया पाउँदा हौसला मिलेको र आफुलाई भाग्यमानी ठानेको अझै मगर सस्कृतिलाई जोगाउन बढी आफ्नो कर्तव्य रहेको निर्देशक बुद्धया सुनारी मगरले बताउनु भयो ।
मगर भाषामा बनेको चलचित्र माराङको सबै काम अन्तिम चरणमा रहेको र छिट्टै रिलिज हुने पनि निर्देशक सुनारी ले बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय