१५ फागुन / २०७७ , शनिबार

बन्दना पोखरेल / पाल्पा – ३९ औं राष्ट्रिय मगर एकता दिवस एवं एकीकृत मगर उत्थान समाज रामपुरको १३ औं वार्षिकोत्सब विविध कार्यक्रम गरी मनाएको छ ।

आदिवासी जनजाति समुदाय अन्तर्गत रहेका देशै भरका मगर समुह, संघ संस्थाले मगर जातिको पहिचान, भाषा संस्कृतिको संरक्षण र एकताका लागि जुट्दै आएकोमा आज दिवसको रुपमा मनाएको हो । मगर जातिको अधिकार र अस्तित्वको रक्षाको लागि एकजुट भएर लागेको सम्झनामा अर्थात नेपाल मगर संघको स्थापनाको अवसरमा प्रत्येक वर्ष फागुन १५ गते यो दिवस मनाईदै आएको छ । विभिन्न मगरी भेषभुषामा सजिएका मगर दाजुभाइ दिदीबहिनीहरु झाँकी सहित रामपुर बजार परिक्रम गरेर कार्यक्रममा सहभागी भएको हो । एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष रामबहादुर हिस्की मगरको अध्यक्षतामा भएको कार्यक्रममा मुख्य पाहुना लुम्विनी प्रदेश संसद एवं नेकपा केन्द्रीय कमिटी सदस्य तुलाराम घर्ती मगर बसन्त रहनु भएको हो । कार्यक्रममा मुख्य पाहुना घर्ती मगरले बोल्नुहुँदै रामपुरका मगर दाजुभाइ दिदीबहिनीले पगरी गुताइ दिएर गरेको सम्मानको ऋणी छु भन्नु भयो । मगर समुदायको धर्म संस्कृतिको संरक्षणका लागि संग्रहालय आवश्यक रहेको भन्नुहुँदै जग्गाको लागि पहल गर्ने बताउनु भएको छ । करिव ६५ प्रतिशत मगर समुदायको बाहुल्यता भएको यस क्षेत्रमा हामी मगर मात्र होईनौ रामपुर बासि पाल्पा बासि पनि हौँ भन्नु भएको हो । राष्ट्रिय राजनितिका बारेमा बोल्नुहुँदै संसद मगरले मिल्नुको विकल्प नरहेको र सवै मिलेर अवको परिवेशमा राष्ट्रिय सरकार वन्न सक्ने सम्भावना रहेको बताउनु भयो । उहाँले हामीले त्यति पर भन्दा पनि रामपुर र आफ्नो समृद्धिका लागि आवश्यकता परेका काम गर्न सुझाउनु भयो ।
एक फरक प्रसंगमा बोल्नुहुँदै मगरहरुको एउटा मात्र समस्या भनेको अहिले को अहिलेको राजनैतिक वितृष्णा भएको र निर्णयक तहमा मगर नभएको भन्दै लुम्बिनी प्रदेशमा पनि अहिले ८ जना मात्र मगर संसद रहेको जानकारी गराउनु भएको छ ।

कार्यक्रममा लुम्बिनी प्रदेशका अर्का प्रदेश सभा सदस्य युवराज खनालले बोल्नुहुँदै मगरहरुको बाहुल्यता भएको रामपुर मात्र होइन पुर्वी पाल्पामा आफ्नो अधिकारका लागि आफै अगाडि बढनु पर्छ भन्नु भएको छ । संसद खनालले अहिलेको राजनीतिक अवस्थाका बारेको जानकारी गराउनु भएको छ । समाजका सह अध्यक्ष नरेन्द्र जर्घाको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा यस क्षेत्रको झ्याउरे , कौरा , सालैजो , ठाडो भाका लगायतका साँस्कृतिक प्रस्तुतिले अझ रौनक थपेको थियो । कार्यक्रममा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापा, उपप्रमुख विषणु देवी घिमिरे आचार्य, नेपाल मगर संघ प्रदेश सदस्य क्याप्टेन धनबहादुर राना मगर , एकीकृत मगर उत्थान समाजका अक्षयकोष संयोजक क्याप्टेन देव बहादुर थापा मश्राङ्गी , रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , नेपाल मगर संघ पाल्पाका पुर्व उपाध्यक्ष बोम बहादुर थापा , नेपाल मुस्लिम संघ पाल्पाका सभापति हजिल दिन मियाँ , नेकपाका प्रदेश कमिटी सदस्य जित बहादुर थापा , रेडियो पाल्पाका समाचार प्रमुख दनु हिस्की मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा मगर समुदायका जेष्ठ सदस्य डुमा कुमारी सिंजाली र लिल बहादुुर थापा र कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने तिर्सना पाटालाई सम्मान गरेको छ । कार्यक्रममा हरिनास गाउँपालिका स्याङजा क्याक्मीको यानुबाजा समुहको विषेश प्रस्तुति समेत रहेको थियो । त्यस्तै दिवस विशेष समारोहमा १८ समुहका व्यानर , मगरी भेषभुषामा उपस्थित हजारौंको सहभागीतामा झाँकी सहित बेझाँड बजार परिक्रमा गरेको थियो ।

कार्यक्रममा लालिगुराँस मगर समुह , क्रियाशिल मगर समुह र एकता मगर समुहले मगरी संस्कृति अनुसार तरुल , बटुक , सेलरोटी , बंगुरको मासु प्रदर्शन सहित विक्री वितरण गरेका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार चिना थापा , निश्चल थापा , भक्त दर्लामी लगाएतको प्रस्तुतिले कार्यक्रम स्थल अत्यन्त रमाईलो रहेको थियो । कार्यक्रमको संचालन रेडियो पाल्पाकी पत्रकार कल्पना सोमै मगरले गर्नुभएको थियोे ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय