१४ फागुन / २०७७ , शुक्रबार

बन्दना पोखरेल / पाल्पा – रामपुर नगरपालिका वडा नम्वर ६ तातोपानी धाममा रहेको नगर गौशालाले स्थापनाको प्रथम वार्षिकोत्सब ३ दिने विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ ।


२०७६ साल फागुन १२ गतेदेखि २० गतेसम्म महायज्ञको आयोजना गरी स्थापना गरेको गौशालाले प्रथम वार्षिकोत्सब सम्पन्न गरेको हो । कार्यक्रममा गाईको महत्व उपयोगिता गौशालाको दिगो विकास व्यवस्थापन सम्वन्धी संगितमय साँस्कृतिक भजन कृतन संगै कथा प्रवचन गरी कार्यक्रम सम्पन्न भएको हो । रामपुर नगरपालिका भित्र छाडा रुपमा छाडेका गाईको व्यवस्थापन गर्ने उदेश्यले नगर गौशालाको परिकल्पना गरी कामगरेको गौशाला व्यावस्थापन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले बताउनु भएको छ । गाईको महत्व धार्मिक विश्वास बढाउने र गाईबाट पाइने मानवजाति र पृथ्वीलाई पनि फाइदा हुने पर्यटकिय स्थलको प्रचारप्रसार संगै हिन्दू धर्मलम्बीहरुका लागि जन्मिदा देखि मृत्युसम्म गाईको महत्व रहेको बताउदै गौशाला स्थापना गरेको र वार्षिकोत्सब मनाएको अध्यक्ष न्यौपानेले बताउनु भएको छ ।

उक्त अवश्वरमा गौशालामा कामधेनु गौशाला देवदह रुपन्देहीका प्रमुख संरक्षक योगआयुर्बेद एव पञ्चगव्य चिकित्सा विशेषज्ञ अनुसन्धानकर्ता धर्म संस्कार संस्कृति भित्रको विज्ञान र आध्यात्मका अन्बेषक गौ रक्षा अभियान्ता गोवति योगी सोमराजजी महाराज को मुखार विन्दबाट कथा प्रवचन भएको हो । भजन कृतन साँस्कृतिक कार्यक्रम सहित भएको प्रवचनको अन्तिम दिन रामपुर नगर पालिका नगर उपप्रमुख विष्णु देबि घिमिरे आचार्यले आफ्ना भनार्इ राख्नु भएको छ । गौशालालाई उपयोग गर्न सके आम्दानी पनि हुने र संगसंगै धर्म संस्कृतिको पनि संरक्षण हुने समितिले जनाएको छ ।

अहिले गौशालामा १ सय ३२ वटा गाई रहेको छ भने ३० वटा गाउँमा रहेको छ । अव नगर गौशालाले १ सय ८ खुत्रुके बनाएर रामपुरको विभिन्न स्थानमा राख्ने योजना रहेको पनि समितिले जनाएको छ । समापन कार्यक्रमको सन्चालन वडा सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय