प्रेमबहादुर बाकाबल
बालहित माध्यमिक विद्यालय निस्दी गाउँ पालिका वार्ड न २ सहलकोट,पाल्पामा किशोरी लक्षित यौन दुर्व्यवहार विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
निस्दी गाउँ पालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा मित्याल पाल्पाको सहयोग र महिला समन्वय समिती वडा न १ बाकामलाङ्ग र वडा न २ सहलकोट पाल्पाको सयुक्त आयोजनामा कार्यक्रम संचालन भएको हो ।
निस्दी गाउँ पालिका वडा नम्बर १ र २ स्थित माध्यमिक तह कक्षा ९ देखि १२ अध्ययनरत ५० जना किशोरीहरुको सहभागिता रहेकोे कार्यक्रममा महिलाको अधिकार ,नेपालमा महिला हिंसाको वर्तमान स्थिती , विवाह सम्वन्धी कसुर ,बाल यौन दुरुपयोग , महिला हिंसा ,मुद्दाको प्रकार आदि विषयमा वकिल नारायण प्रसाद ज्ञावलिले प्रशिक्षण दिएको हो ।
महिला समन्वय समिति सहलकोटका सदस्य रेमकुमारी गाहा अध्यक्ष रहेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँ पालिका उपाध्यक्ष रिता कुमारी अर्याल रहेको हो । मुख्य पाहुना उपाध्यक्ष अर्यालले पितृसतात्मक नेपाली समाजमा महिलालाई दोस्रो दर्जाको नागरिक रूपमा गरिने व्यवहार अहिले पनि हावी रहेको बताउदै महिला पुरुष विच विद्यमान यहि सामाजिक विभेदका कारण पनि महिलाहरु हिंसा ,हत्या , बलात्कार र यौन दुर्व्यवहार जस्ता घटना घटिरहेको छ। यस्तो परिस्थितिमा किशोरिहरुलाइ यस्ता कार्यक्रम बाट सचेत गराउनु सरकारको दायित्व हो भन्नुभयो ।
कार्यक्रममा वडा न २ का वडा अध्यक्ष पुर्ण बहादुर थापा बाकाबल, बालहित मा वि का प्रधानाध्यापक नवल सिंह विरकट्टा , जगत सिंह सिंजाली र मधु अधिकारीले धारणा राख्दै किशोरीहरुलाइ समय समयमा यस्ता कार्यक्रमद्वारा सचेत गराउन सके सबै खाले हिंसाहरु न्यूनीकरण हुने बताउनुभयो ।
निस्दी गाउँ पालिकाका कर्मचारी सुजाता पन्थीले संचालन गरेको कार्यक्रमको स्वागत मुना देवि रानाले गर्नुुुभएको हो ।