१० फागुन / २०७७ , सोमबार

बन्दना पोखरेल / पाल्पा – नेपाल भारत मैत्री संघ पाल्पाको चौथो मैत्री सभा रामपुरमा सम्पन्न भएको छ ।

पाल्पा जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको मुख्य पाहुना लुम्बिनी प्रदेश सभाका सदस्य युवराज खनाल रहनु भएको हो । संस्थाका सदस्य भेषराज सुवेदीको स्वागतबाट शुरुभएको कार्यक्रममा अध्यक्षले आफ्नो प्रतिबेदन पढेर सुनाउनु भएको थियो । कार्यक्रममा मुख्य पाहुना खनालले बोल्नुहुँदै ११ सालमा शुरु भएको संस्था २०३८ सालमा दर्ता भएर पाल्पामा २०५२ सालमा समिति चयन भएको नेपाल भारत मैत्रि संघ रोटि र बेटिको सम्वन्ध भएको हाम्रो जस्तो मुलुकमा आवश्यक भएको र सम्बन्ध राम्रो बनाउन यस संस्थाले भुमिका निर्वाह गर्नु पर्नेमा जोड दिनुभएको हो । संस्थाले विभिन्न विकासका लागि माग गर्न सक्ने , सिमाका विषयमा पनि काम भईरहेको बताउनुहुँदै अधिवेशन सफलताको शुभकामना दिनुभएको थियोे ।


कार्यक्रममा केन्द्रीय उपाध्यक्ष बासुदेव सुवेदी , लोकेन्द्र श्रेष्ठ , केन्द्रीय महासचिव बोध कृष्ण सुवेदी , ईलाका प्रशासन कार्यलय रामपुरका प्रमुख ईश्वरि प्रसाद अर्याल , रामपुर नगरपालिकाका निमित्त प्रमुख रामहरी पाण्डे, संस्थाका सल्लाहकार देवराज ढकाल , रामपुर उद्योग बाणिज्य संघ रामपुरका अध्यक्ष भोजेन्द प्रकाश ढकाल , रामतुलसी माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौड्याल लगाएतले बोल्नुहुँदै अधिवेशनले ईमान्दार जुझारु समिति चयन हुनेमा विश्वास समेत व्यक्त गर्ननुभएको थियो । कार्यक्रममा सदस्य शुशिला श्रेष्ठले धन्यवाद व्यक्त गर्नु भएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय