८ फागुन / २०७७ , शनिबार

धनबहादुर ठाडा / पाल्पा – निस्दीको गल्धामा प्रथम गल्धा मिनी साँस्कृतिक महोत्सव – २०७७ हुने भएको छ।

( मगर संस्कृतिको धरोहर गल्धा गाउँ , स्थानीय कला संस्कृति परिकार प्राकृतिक वातावरणमा रमाऔं ) भन्ने मुल नाराका साथ सगरमाथा युवा क्लब निस्दी – ५ , गल्धा , कठैडाँडा , पाल्पाको आयोजना र विशाल मुभिज प्रालि काठमाडौको सह- आयोजनामा साँस्कृतिक महोत्सव हुन लागेको हो।

फागुन १४ र १५ गते गल्धाको कठैडाँडामा हुने महोत्सवमा चर्चित गायक हुम गैरे , चर्चित गायिका जमुना राना , चर्चित गायक विक्रम परियार , लोक गायक कृष्ण गैरे , पाल्पा लोक आइडलकी धनमाया दिशुवा , कुशल अर्याल , समिक्षा ठाडा गैरे , सुर्य गैरे , राज बयम्बु मगर , झलक सारु , गोविन्द नेपाली लगायत स्थानीय कलाकारको प्रस्तुति रहने छ।

महोत्सवमा लोकनृत्य प्रतियोगिताका साथै स्थानीय झाँकी नाचको प्रदर्शन समेत रहने क्लबका अध्यक्ष पिलेन्द्र ठाडाले बताउनुभयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय