७ फागुन / २०७७ शुक्रबार

परेवा खबर संवाददाता / पाल्पा – मौलादेवी आधारभूत विद्यालय निस्दी – ४ , मित्याल , मौलाथर , पाल्पाको २० औं वार्षिकोत्सब सम्पन्न भएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पान बहादुर सोतीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा सदस्य मन प्रसाद सोती रहनु भएको थियोे । बिहान ७ बजे सरस्वती पुजासंगै शुरु भएको कार्यक्रममा प्रधानाध्यापक धनबहादुर ठाडाले गत आर्थिक वर्ष २०७६/०७७ को २४ लाख १० हजार २ सय ७२ रुपैयाँ ९५ पैसा बराबरको आम्दानी खर्च सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा गत शैक्षिकसत्र २०७६ को वार्षिक परीक्षा तथा अतिरिक्त क्रियाकलापमा पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गरेको थियोे । कार्यक्रममा प्रमुख अतिथि सोती , विद्यालयका पुर्व शिक्षक खुम प्रसाद सोती , मौलादेवी बाल क्लबका अध्यक्ष छबिन्द्र दिशुवा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको संचालन विद्यालयका शिक्षक तुलाराम खाम्चाले गर्नुभएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय