होम राई मगर
५ माघ २०७७
निस्दी,पाल्पा । गोरखनाथ माध्यमिक विद्यालय निस्दी-६,अर्चले,पाल्पाको ५९ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलु गैरेको अध्यक्षतामा चलेको कार्यक्रमको मुख्य पाहुना निस्दी गाउँपालिकाका प्रवक्ता तथा वडाध्यक्ष मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा बोल्दै मुख्य पाहुना सुनारीले विद्यालयको शैक्षिक तथा भौतिक बिकासमा संचालक समितिको भुमिका महत्त्वपूर्ण हुने बताउदै अतिरिक्त क्रियाकलापमा ध्यान दिन विद्यालय प्रशासनले ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा विशिष्ट अतिथी जापानीज नागरिक काजुमासा काकिमीले नेपाल बिकासको गतिमा हिड्दै गरेको बताउदै नेपाल युवा अवस्थामा रहेकोले यस भन्दा अझै बिकास हुनेमा आफु विश्वास्त रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो नेपालमा सामाजिक काममा लाग्न शुरु गरेको २६ वर्ष भयो,अझैपनि ग्रामीण समुदायमा ओके बाजे भनेर चिनाउन मन छ । यहाँहरुको साथ र सहयोग सधैभरी यसरी नै पाई रहुँ । कार्यक्रममा अर्चले स्वास्थ्य चौकी प्रमुख मीन बहादुर राना,अर्चले अतिरिक्त हुलाक प्रमुख तोल बहादुर राई,शिक्षक अभिभावक संघ अध्यक्ष कृष्ण बहादुर सुनारी लगायतकाले विद्यालयका प्रगति बारे आ-आफ्नो धारणा राख्नुभएको थियो । जम्मा ३३५ जना विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद अर्यालले आर्थिक वर्ष २०७६/०७७ को करीब ९५ लाख ३० हजार बराबरको आम्दानी तथा खर्च सार्वजनिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा जग्गा खरीद गर्न ८ लाख रुपैयाँ र झोला अक्षयकोष बापत ८० हजार उपलब्ध गराए बापत ओके बाजेलाई सम्मान समेत गरिएको थियो ।

शिक्षक निलकण्ठ न्यौपानेको स्वागत बाट शुरु भएको कार्यक्रमको सन्चालन शिक्षक राजु प्रसाद भण्डारीले गर्नुभएको हो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय