पुनाराम सुनारी फाल्गुन २ -: नागरिक आयोग्य सेवा निस्दी गा पा मा उदघाटन कार्यक्रम सम्पन्न भएको छ । प्रदेश सरकार लुम्बिनी प्रदेश नेपाल सामाजिक बिकास मन्त्रालय आयोर्वेद स्वस्थ केन्द्र तानसेन पाल्पाको निर्द्रेशनालय र निस्दी गा पा को समन्वय मा स्थापना भएको उदघाटन कार्यक्रममा अध्यक्ष नागरिक आयोग्य सेवा केन्द्रका प्रमुख सभ्यता पन्थी, प्रमुख अतिथि निस्दी गा पा अध्यक्ष मुक्त बहादुर सारु
बिशेषता अतिथि निस्दी गा पा प्रशासकीय अधिकृत भगवान भक्त अर्याल रहनु भएको थियो ।
अतिथिहरु दमन पाता,हेम बहादुर खाम्चा लगायत निस्दी गा पा र वडा का विभिन्न पदमा रहनु भएका अतिथीहरुको उपस्तिथिमा कार्यक्रम सम्पन्न भएको हो ।
आयोर्वेद उपचारको पुरानो बिधि हो । रोग सङ्ग लाड्न सक्ने प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिने उपचार यहि बाट नै हुन सक्ने कार्यक्रमका अध्यक्ष पन्थीले बताउनु भयो ।
मेरो स्वस्थ मेरो जिम्मेवारी स्वस्थको मुख्य नारालाइ मध्यनजर गरि आफ्नो स्वस्थको ख्याल गर्नु पर्ने देखिन्छ र आयोर्वेद बिरामी हुनु भन्दा अगाडि बिरामी नहोस् भनेर प्रयोग गर्ने उपचार को रुपमा रहेको हुदा बेलैमा उपचार गर्न
पन्थीले आग्रह गर्नु भयो ।
स्वस्थ नै ठूलो धन हो निस्दी गा पा मा पनि यस्ता खालको उपचार सेवा नितान्त आवस्यक रहेको थियो । यहाका मान्छे केही बिरामी हुदा राम्रो उपचार केन्द्र नभएको हुदा धामीझाँक्रीको जाने खालको प्रबिधी लाई हताउन सकिने टेवा पुर्याउने छ र यसरी निस्दी गा पा मा आयोग्य सेवा स्थापना हुदा यहाका मान्छे अब का दिनमा निरोगी हुने र निस्दिका विभिन्न जडिबुटीको पनि अब प्रयोग हुने प्रमुख अतिथि निस्दी गा पा का अध्यक्ष सारु र बिशेषता अतिथि निस्दी गा पा का प्रशासकीय अधिकृत अर्यालले बताउनु भयो ।
नागरिक आयोग्य सेवा केन्द्र निस्दी गा पा मा मुख्य डाक्टर रुपमा साधना चौधरी रहने छ भने कार्यालय सहयोगी को रुपमा गम बहादुर गाहा रहने छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय