होम राई मगर
२७ माघ २०७७

पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,चिदिया,पाल्पामा जेसीबी मेसिन दुर्घटना भएको छ ।
निस्दी अर्चले,चिदिया स्थित साधनडाँडा देखि डुम्रेघाट जाने बाटो सफा गर्ने क्रममा सडक देखि करीब २० मिटर तल खसेको हो । अमृत कन्ट्रकसन तानसेनको लु १ क २१९५ नम्बरको जेसीबी दुर्घटना भएको प्रहरी चौकी जब्कादीका प्रमुख मेघराज बेलबासेले बताउनुभएको छ । दुर्घटनामा निस्दी-६,चिदियाका ६२ वर्षीय श्याम बहादुर बयम्बुको टाउकोमा चोट लागेको प्रमुख बेलबासेले बताउनुभयो । घाइते बयम्बु मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष सनेत हुन् भने प्राथमिक उपचार पश्चात् आफ्नो घर गएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय