होम राई मगर
२५ माघ २०७७
पाल्पा । निस्दी गाउँपालिका पाल्पाका जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम भइ रहेको छ ।
गाउँपालिकाको लक्षित वर्गका लागि विनियोजित बजेटबाट सम्मान कार्यक्रम सन्चालन गरेको गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारीले बताउनु भएको छ । ८४ वर्ष देखि माथिका जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको कार्यक्रममा वडा नम्बर-१,बाकामलाङ्गमा २१ जना,वडा नम्बर-२,सहलकोटमा १२ जना र वडा नम्बर-३,झिरुबासमा १९ जनालाई सम्मान गरिने अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भयो । त्यसैगरी वडा नम्बर-४,मित्यालमा ११ जना,वडा नम्बर-५,गल्धामा १५ जना,वडा नम्बर-७,ज्यामिरेमा १४ जनालाई सम्मान गरिने भएको छ । माघ २५ गते जम्मा ९ जनालाई सम्मान सम्मान गरेको वडा नम्बर-६,अर्चलेमा गरि गाउँपालिका भरी १०१ जना जेष्ठ नागरिक सम्मानित हुने भएका हुन् । सम्मानमा बलाङ्केट,हर्लेक्स र सम्मान-पत्रले सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय