
बिहानी मिर्मिरे संगै-
सुर्य उदाउने छ हरेक दिन
र गोधूलि संगै साँझ अस्ताउने छ
हरेक वसन्तमा-
पालुवाहरू पलाउनेछन्
लहराउँदै प्रकृतिलाई सौन्दर्य बढाउँदै
पानी मुलबाट निस्केपछि-
ओरालो धरातल पहिल्याउँदै बग्दै जान्छ
कहिल्यै उकालो बगेको देखिएन
सागर नभेटुन्जेल ओरालोतिरै बगिरहन्छ
प्रकृतिमा धेरै चिज इमान्दार छन्
आफ्नै गतिमा चल्छन्
आफ्नै मौसम पहिल्याउँछन्
आफ्नै समयमा रमाउँछन्
तर
मान्छेहरू पो बेइमान देख्दैछु
उसले न इमान्दारीता देखाउन चाहन्छ
न समय र मौसम नै कुर्न सक्छन्
न उसले मानवताको व्यवहार देखाउँछन्
घामलाई हत्केलाले छेक्न खोज्छन्
खोलालाई पैतालाले रोक्न चाहन्छन्
वनजङ्गललाई डढेलो लगाउछन्
सिङ्गो प्रकृतिलाई मुठीमा पार्छु भन्छन्
के यो पृथ्वीको सर्वश्रेष्ठ प्राणी हुनुको गुण हो ? गम बयम्बु मगर निस्दी-६,अर्चले,पाल्पा