होम राई मगर
२४ माघ २०७७
पाल्पा । अहिले देशमा देखिएको नेकपाको विवाद नितिमा नभई नेतामा रहेको निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष तथा लुम्बिनी प्रदेश कमिटीका सदस्य मुक्त बहादुर सारुले बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निस्दी -६,अर्चलेको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा उक्त कुरा बताउनु भएको हो । उहाँले “नेकपा प्रचण्ड-नेपाल समूहले नेपाली जनता रुवाइ त्यसैमा रमाउन बानी परेको आरोप लगाउनुभयो ।

 कार्यक्रममा नेकपा लुम्बिनी प्रदेश सदस्य देवीलाल लामीछानेले जनताको भावनालाई नेतृत्व तहले मुल्यांकन गर्न नसकेको कारण वर्तमान स्थितिको सिर्जना भएको बताउनुभयो । त्यसैगरी वर्तमान ओली सरकारले जनपक्षीय काम गरेको बताउदै ताजा जनादेशको लागि चुनावमा जानुको विकल्प नभएको बताउनुभयो । कार्यक्रम निस्दी संगठन कमिटी अध्यक्ष हेम बहादुर खाम्चा,सदस्य एम बहादुर सार्की लगायतकाले आ-आफ्ना धारणा राख्नुभएको थियो । वडा नम्बर-६,अर्चलेका वडाध्यक्ष मेख बहादुर सुनारीले कार्यक्रम सहभागी सम्पूर्ण अगुवा कार्यकर्तालाई स्वागत गर्दै कार्यक्रमको उद्देश्य र आवश्यकता बारे बोल्नुभएको थियो । वडा कमिटी अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा चलेको कार्यक्रमको सन्चालन संगठन सदस्य महेन्द्र बयम्बुले गर्नुभएको हो ।

यसैबीच उक्त भेलाले कृष्ण बहादुर सुनारी संयोजक,प्रकाश राना सहसंयोजक रहेको राष्ट्रिय युवा संघ ,लिमी सरा राना संयोजक,मिम्श्री बयम्बु सहसंयोजक रहेको अखिल नेपाल महिला संघ र खेम बहादुर बिक संयोजक र एम बहादुर सार्की सहसंयोजक रहेको दलित मुक्ति समाज वडा कमिटी समेत गठन गरेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय