पुनाराम सुनारी- निर्माता तुलरुपा सारु र निर्देशक बुद्धया सुनारी मगरको निर्देशनमा बनेको मगर भाषा मगर सस्कृतीमा आधारित मगर चलचित्र माराङ को गीत सालीभेनाले दस लाख १ मिलियन भन्दा धेरै माया बटुल्न सफल भएको छ । बुद्ध्य सुनारी मगरको निर्देशनमा बनेको माराङ चलचित्रको गीत मगर भाषामा बनेको गीतहरु मध्य उत्कृष्ट माया भएको गीत हो ।
चलचित्रमा मुख्य हिरोको भुमिका रमेश बाबू थापा मगर र हिरोईनमा सृजना थापाको रहेको चलचित्रमा टेक राना मगर र लक्ष्मी थापा मगरको पनि भुमिका रहेको छ भने आर्ट डाइरेक्टर रोमन गाहा मगरले गर्नुभएको छ ।
छोटो समयमा पनि लाखौं दशर्कहरुको माया पाउँदा हौसला मिलेको र आफुलाई भाग्यमानी ठानेको अझै मगर सस्कृतिलाई जोगाउन बढी आफ्नो कर्तव्य रहेको महसुस निर्देशक बुद्धया सुनारी मगरले बताउनु भयो ।
मगर भाषामा बनेको चलचित्र माराङको सबै काम अन्तिम चरणमा रहेको र छिट्टै रिलिज हुने पनि निर्देशक सुनारी ले बताउनु भयो ।गीत https://m.youtube.com/watch?v=XB5rdQAa2OA&f=co

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय