२० माघ / २०७७ मंगलबार
परेवा खबर संवाददाता / पाल्पा – पाल्पाको भुमि समस्या समाधान आयोगको जिल्ला अध्यक्षमा एक प्रसाद भण्डारी नियुक्त हुनुभएको छ । जिल्लाको तानसेन नगरपालिका ८ मदनपोखराका भण्डारी जिल्ला अध्यक्षमा चयन हुनुभएको हो ।
यस्तै आयोगको अन्य सदस्यहरुमा रैनादेवी छहरा गाउँपालिका वडा नम्बर २ सोमादीका भोजराज पोखरेल (रामजी) र सदस्यको रुपमा रामपुर नगरपालिका दर्छाकी दुर्गा देवी राना नियुक्त हुनु भएको हो । नियुक्ति हुनुभएका तिनै जना नेकपा ओली समुहका जिल्ला नेता समेत हुनुहुन्छ ।
जिल्लामा लामो समय देखि रिक्त रहेको उक्त आयोगको पुर्णता सँगै भुमि सम्बन्धी देखिएको समस्या समाधान हुने विश्वास गरिएको छ ।